गुल्मी । नेकपा गुल्मीद्वारा सत्यवती गाउँपालिका –२, ठूलोलुम्पेक, चेहेमीमा जनयुद्धका महान सहिद क. मनोजका दिवंगत आदरणीय बुवा नरबहादुर तरामु मगरको घरपरिवार एबं आफन्तजनलाई भेटघाट गरेको छ ।
भेटघाट तथा छलफलको क्रममा गुल्मी जिल्ला सेक्रेटरी खोमा तरामुले बोल्दै जनयुद्धको क्रममा शहिद हुनुभएका महान शहिदहरु प्रति संझना गर्दै, शहिदहरुको सपना पूरा नभएको र शहिदहरुको सपना पूरा गर्न एकिकृत जनक्रान्तिको माध्यामबाट बैज्ञानिक समाजवादसम्म पुग्ने लक्षसहित अहिले हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई उपयोग गर्दै एमसीसी विरुद्ध, राष्ट्रवादी, देशभक्त स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्नु पर्ने बताएका छन् ।
भेटघाट कार्यक्रममा महान शहिद क. मनोजको स्मरण गर्दै उहाँको आदरणीय दिवंगत बुबा नरबहादुर तरामु मगरको १३औँ पुन्य तिथिको अवसरमा आज १२औँ दिन श्रद्धाञ्जली सभा तथा भेटघाट छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महान शहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशको वर्तमान परिस्थीति एवं राजनितिक विषयमा पनि छलफल भएको जनाएको छ ।
भेटघाटमा नेकपा सेक्रेटरी क. सुमन, जिल्ला सल्लाहकार क. बुद्धिसागर, जिल्ला सदस्य क. पुरूसोत्तम, युवा संगठन नेपाल सत्यवती गाउँपालिका संयोजक क. गम्मरसिंह तरामु मगरलगायतको उपस्थिति रहेको थियो ।

