पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै संगठन विस्तार अभियान शुरु गरेको छ ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा अभियान उद्घाटन गरेको हो । अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रटरी नेपालले एमसीसी पक्षधरलाई भोट नदिने र समाजबाटै बहिष्कार गर्नु पर्ने बताउदै स्वतन्त्र, स्वच्छ छवि भएको स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्ने बताए ।
कायक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य तथा रिब्दीकोट गाउँपालिका इन्चार्ज आकाशले संसदीय व्यवस्थालाई ध्वस्त पार्दै आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको चुनावलाई उपयोग गर्दै एमसीसी पक्षधर, दलाल र जनघाती उम्मेद्वारलाई पाखा लगाउनु पर्ने बताए ।
कार्यक्रम रिब्दीकोट गाउँपालिकाका कार्यकर्ता तथा जनताको उपस्थितीमा भएको थियो ।
कार्यक्रम जिल्ला पार्टी सदस्य तथा रिब्दीकोट गाउँपालिका सेक्रेटरी राजिव भट्टराईको अध्यक्षता र जिल्ला पार्टी सदस्य तथा अखिल (क्रान्किारी)का जिल्ला संयोजक सुदिपको सञ्चालनमा भएको थियो
