२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) बुटवल क्याम्पस कमिटीद्वारा ...
--4330

अखिल (क्रान्तिकारी) बुटवल क्याम्पस कमिटीद्वारा बुटवल बहुमुखी क्याम्पसमा मागपत्र पेश

अखिल (क्रान्तिकारी) बुटवल क्याम्पस कमिटीद्वारा बुटवल बहुमुखी क्याम्पसमा मागपत्र पेश

बिहिवार, बैशाख १५ २०७९
बिहिवार, बैशाख १५ २०७९
  • बुटवल । अखिल (क्रान्तिकारी) बुटवल क्याम्पस कमिटीद्वारा बुटवल बहुमुखी क्याम्पसमा प्रशासन समक्ष मागपत्र पेश गरेको छ ।

    विगत लामो समयदेखि विद्यार्थीहरुले विद्यार्थीका शैक्षिक मागहरु राख्दै जिल्लाका विभिन्न क्याम्पस तथा कलेजहरुमा उठान गर्दै आइरहेको र सम्बन्धीत निकायबाट विद्यार्थीहरुका जायज मागहरु प्रति सम्बोधन नभएकोले सो सम्बन्धी संगठनको ध्यानाकर्षण भएकोले उक्त माग तत्काल लागु गर्न क्याम्पस प्रशासन समक्ष जोडदार माग राख्दै आएको व्यहोरा मागपत्र मार्फत जाकारी गराएको छ ।
    मागपत्रको सार ..............

    श्री क्याम्पस प्रमुख ज्यू,
    बुटवल बहुमुखी क्याम्पस
    बुटवल, रूपन्देही

    बिषय : मागपत्र

    हाम्राे महान तथा गाैरवशाली संगठन अखिल (क्रान्तिकारी) जनजीविका, जनतन्त्र र राष्ट्रियता तथा शैक्षिक मुद्दाहरू उठान गरेर बिद्यार्थीकाे पक्षमा तथा सबैखाले बेथितिहरूकाे विरुद्धमा शशक्त आन्दोलन र सङ्घर्ष गर्दै आइरहेको संगठन हाे । हाम्राे संगठन यस क्याम्पसमा विगत देखि नै क्रियाशिल रहेकाे अवगत नै छ ।

    यसै सन्दर्भमा हाम्राे संगठनले यस क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरूकाे विभिन्न माग/मुद्दाहरूकाे उठान गरेकाे छ । तल उल्लेखित मागहरू सम्बाेधन गर्न यस क्याम्पस प्रशासन समक्ष हाम्रो संगठन जाेडदार माग गर्दै याे मागपत्र पेश गर्दछ ।

    मागहरू :

    १. बिद्यार्थी संख्या अनुसार कक्षाकाेठा व्यवस्थापन नभएकोले बिद्यार्थीहरूलाई अध्ययनमा असहजता भइरहेको छ । कक्षाकाेठा र बिद्यार्थी संख्याकाे मापदण्ड अनुसार कक्षाकाेठा व्यवस्थापन गरियाेस् ।
    २. क्याम्पसमा पिउनपानीकाे समस्या तत्काल हल गरियोस् । पुर्वतिरकाे ब्लकमा पिउनेपानीकाे धाराकाे व्यवस्था गरियोस् ।
    ३. शाैचालयकाे चुकुल, झ्याल, ढाेकाहरूकाे मर्मत गरियोस् । शौचालयमा नियमित पानी आउने व्यवस्था गरियोस् । शौचालयमा साबुनको व्यवस्था गरियोस् ।
    ४. कक्षाकाेठामा पर्याप्त पङ्खा र लाइटकाे व्यवस्था गरियोस् ।
    ५. छात्राहरूको लागि सेनेटरी प्याडकाे व्यवस्था गरियोस् । क्याम्पसमा स्वास्थ्य सहायता केन्द्र (Health Desk) व्यवस्था गरियोस् ।
    ६. बिद्यार्थी परिचयपत्र र पुस्तकालय कार्ड बनाउन ढिलासुस्ती नगरि बिद्यार्थीहरूलाई छिटो बितरण गरियाेस् ।
    ७. कक्षा खाली भइरहने समस्या हल गरियोस् । कक्षामा नियमित पठनपाठन हुने व्यवस्था मिलाइयाेस् ।
    ८. क्याम्पसकाे प्रशासनिक शाखाहरूकाे कामकारबाही सहज र छिटाे सेवा प्रदानमा ध्यान पुर्याइयाेस् । सेवा लिनकाे लागि लामाे समय लाइन लाग्नुपर्ने परिस्थितिकाे अन्त्य गरियोस् ।
    ९. पर्याप्त खेलकुद सामग्रीको व्यवस्था गरियोस् ।
    १०. सबै संकाय(faculty)का बिद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलाप, तालिम, गाेष्ठी, सेमिनारहरू गर्ने व्यवस्था गरियोस् ।

    क्रान्तिकारी अभिवादनसहित !

    मिति : २०७९/०१/१४

    सिद्धान्त कुँवर
    संयाेजक

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij