बुटवल । नेपाल भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
नेपालको तर्फबाट लुम्बिनी प्रदेशका रूपन्देही, नवलपरासी र कपिलवस्तुका तीन जिल्ला र भारतको तर्फबाट महाराजगंज र सिद्धार्थ नगरका जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा बसेको संयुक्र बैठकले नेपालमा आगामि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागु औषध नियन्त्रणको विषयमा छलफल भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जाकारी दिए ।
नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मतदानको मिति भन्दा ७२ घण्टा अघिदेखि दुबै देशको सिमाना सील गर्ने निर्णय गरेको पनि बताए ।
दुई देश वीचको द्विपक्षिय सम्बन्धका वारेमा लागु औषध नियन्त्रण, चेलीबेटी बेचविखन लगायतका विषयमा पनि छलफल भएको बताए ।
बैठकमा नेपालका तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीसंगै रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे, ध्रुव बहादुर कुवर, शसस्त्र प्रहरी नायब उपरिक्षक प्रकाश पौडेल रहेका थिए । यसै गरि नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, एसपी ऋषिराम कडेल, शसस्त्र प्रहरी उपरिक्षक रुप कुमार क्षेत्रीको सहभागीता रहेको थियो । कपिलवस्तुबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी प्रमुख एसपी दान बहादुर कार्की, शसस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन लगायतको सहभागीता रहेको थियो ।
यसै गरि भारतबाट महाराजगञ्जका जिल्ला मजिष्ट्रेट सतेन्द्र कुमार, एसपी डाक्टर कौस्तुप, एसएसबी २२ औं बटालियनका कमाण्डेन्ट मनिष कुमार मीणा, ६६ औं बटालियन नौतनवाका कमाण्डेन्ट बरजित सिंह, नौतवनाका एसडिएम राम सजिवन मौर्या, २२ औं बटालियनका सहायक कमाण्डेन्ट अन्जनी कुमार तिवारी, रहेका थिए । यस्तै सिद्धार्थनगरका जिल्ला मजिष्ट्रेट सञ्जिव रन्जन, एसपी डाक्टर यसबिर सिंह, एसएसबी ४३ औं बटालियनका कमाण्डेन्ट सुस्वप्न कुन्दु लगायतको सहभागिता रहेको थियो।
