दिपेन्द्र ऐरी,कञ्चनपुर । कञ्चनपुरको महाकाली तेस्रो चरण टनकपुर देखि मालाखेती सम्म निर्माणाधीन अवस्थामा रहेको सिचाइ नहरमा देउरा भवानी कन्सट्रक्सनले नहर सरसफाइका लागि आगो लगाउँदा नहर छेउमा रहेको एक किसानको खोरमा आगलागी भएको छ ।
आगो लगाएर नहर सफा गर्ने क्रममा भिमदत्त नगरपालिकाको वार्ड न. ९ मा गोरील पशुपंक्षी फर्मका सञ्चालक किसान धनी धनेश्वरि देबि नाथको कुखुरा फर्ममा आगलागि हुँदा कुखुराको खोर जलेर नष्ट भएको छ ।
देउरा भवानी कन्सट्रक्सनले नहर सरसफाइमा लापरबाही गरेर आगलागि हुन पुगेको भन्दै नेकपा कञ्चनपुर भीमदत्त नगर संयोजक र नगर सेक्रेटरीले प्रेस विज्ञप्ती जारी गरेर ठेकेदारले किसानलाई उचित क्षेतिपुर्ती दिन माग गरेका छन । प्रेस विज्ञप्ती जारी गर्दै देउरा भवानी कन्सट्रकसनलाई नेकपाले ध्यानाकर्षण समेत गराएको छ।
ठेकेदारले आगलागिबाट भएको क्षतिको पुर्ण जिम्मेवारी लिई पिडित परिवारलाई उचित क्षेतिपुर्तिका लागि नेकपा भीमदत्त नगर पार्टीले एक प्रेस विज्ञप्ती जारी गर्दे जोडदार माग गरेको छ ।

