पाल्पा। नेपाल कम्युनिस्ट पार्टी पाल्पाका पुर्व जिल्ला सचीव भुवन जिसिले तिनाउ गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्बारी दर्ता गरेका छन् । नेकपाको समर्थनमा स्वतन्त्र उम्मेद्बारीहरुले मनोनय दर्ता गरेका हुन।
जिसि सहित जिल्लामा स्वतन्त्र उम्मेद्बारी दर्ता गराउनेहरुमा तिनाउ गाउँपालिकामा वडा नम्बर २ मा टोप बहादुर बिश्वकर्मा, वडा नम्बर ३ मा निर बहादुर बिक र वडा ४ मा मान बहादुर दर्लामीले मनोनयन दर्ता गरेका छन् । जिसि नेकपा पाल्पा जिल्लाका विशेष कमिटी सदस्य हुन् ।
त्यसैगरी तानसेन नगरपालिकाको वडा नम्बर १० मा कालिन्दार नेपाली, रिब्दिकोट गाउँपालिका २ नम्बर वडा अध्यक्ष दामोदर अधिकारी र रैनादेवी छहरा गाउँपालिकामा ६ नम्बर वडा अध्यक्षमा नारायण केसी, ७ नम्बर वडा अध्यक्षमा तुल्सीराम बिकले उम्मेद्बारी मनोनयन दर्ता गरेको पार्टी निकट श्रोतले जानकारी दिएको छ ।
