भरतपुर । अखिल (क्रान्तिकारी) संयुक्त जिल्ला समिति चितवनको आयोजनमा महान जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव क.पुर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर स्थित सप्तगण्डकि बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रम अखिल (क्रान्तिकारी) चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य क.बिकल्प खत्रीको अध्यक्षतामा गरिएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इज्चार्ज प्रमुख अतिथि रहनुभयको थियो भने अतिथिहरु नेकपा चितवनका विशेष समिती सदस्य क.रुद्र भट्टराई , जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटा,अखिल (क्रान्तिकारी) का केन्द्रिय कार्यलय सदस्य क.अटल शर्मा र नेकपा जिल्ला सदस्य सुदिप पौडेल थिए ।।
कार्यक्रममा जिल्ला इन्चार्ज सन्देश पौडेल, विशेष समिति सदस्य रुद्र भट्टराई र अखिल (क्रान्तिकारी) का केन्द्रिय कार्यलय सदस्य अटल शर्माले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुमन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य केशब भट्टराईले गर्नु भएको थियो ।
