२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) कास्कीद्वारा तत्कालिन महासचिव पूर्ण...
--4318

अखिल (क्रान्तिकारी) कास्कीद्वारा तत्कालिन महासचिव पूर्ण पौडेलको खोज

अखिल (क्रान्तिकारी) कास्कीद्वारा तत्कालिन महासचिव पूर्ण पौडेलको खोज

मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • कास्की । अखिल ( क्रान्तिकारी) कास्कीले संगठनका तत्कालीन महासचिव पुर्ण पौडेलको  खोज कार्यक्रम सम्पन्न गरेको छ ।

    २०५९ साल वैशाख १३ गते आजकै दिन तत्कालीन राज्य सत्ताले काठमाडौंको कालीमाटीबाट पुर्ण पौडेल कमरेड विश्वासलाई नियन्त्रणमा लिएको थियो ।

    उहाँको स्थिति आज सम्म पनि सार्बजनिक गरेको छैन । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला सेक्रेटरी काजी गुरुङले आफ्नो पार्टीले कुनै पनि हालतमा सहिद तथा बेपत्ता योद्धाहरुले देखेको सपनालाई आत्मासाथ गरेर अगाडि बढने बताए ।

    कार्यक्रममा सहिद  परिवार तथा पोखरा महानगर सेक्रेटरी प्रकाश बास्तोला, बेपत्ता परिवार तथा लेखनाथ नगर सेक्रेटरी सोममायाले मन्तव्य राखेका थिए ।

    कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य तथा जिल्ला  अध्यक्ष पवन पुनले गरेका थिए भने सञ्चालन पृथ्वीनारायण क्याम्पसका संयोजक युवराज थापाले गरेका थिए ।
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij