२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • युवा उद्धमी पूर्ण भण्डारी मङ्गलसेनको...
--4316

युवा उद्धमी पूर्ण भण्डारी मङ्गलसेनको स्वतन्त्र उम्मेद्वार

युवा उद्धमी पूर्ण भण्डारी मङ्गलसेनको स्वतन्त्र उम्मेद्वार

मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • अछाम  । अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन स्थिति मङगलसेन नगरपालिकामा समाजसेवी तथा युवा उद्धमी पूर्ण भण्डारीले आशन्न स्थानीय तहको निर्वाचनमा उपमेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

    विकास निर्माणका काम र जनताको नाममा परिचालन गरिने साधन श्रोतलाई पार्टीकरण हुन नदिन भण्डारीले उपमेयर पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

    राज्यका तीन तह मध्य स्थानीय तहलाई स्थानीय सरकारको रुपमा हेरिएको बेला नगरबासिको विकास र पारदर्शिकताको चाहानालाई सम्बोधन गर्न र राज्यको साधन श्रोतको न्यापूर्ण वितरण गर्दै विकास निर्माणमा भैरहेको राजनीतिकरणको अन्त्य गर्न उम्मेद्वारी दिएको भण्डारीले बताए ।

    ‘दलिय आधारमा जसरी स्थानीय जनताहरुबीच धुर्विकरण हुँदै आएको छ, यसले जित्ने नेताहरुले उपलब्ध साधन श्रोतको पनि पार्टीकरण गर्न थाल्ने, जितेका प्रतिनिधिहरुले जनताका आधारभुत सेवा सुबिधा समेत पार्टी र आफ्नो नजिकका आधारमा वितरण गर्ने स्थिति रह्यो, यो निकै अन्यायपूर्ण परिपाटी हो यसको बिकल्प दिनु पर्ने ठान्यौ र मैले उम्मेद्वारी दिएँ’, भण्डारीले भने ।

    नागरिकले इमान्दार, केही गर्न सक्ने र जनपक्षीय  उम्मेद्वार खोजिरहेको बेला समाजसेवी तथा युवा उद्धमी भण्डारीले नगरको आवश्यकता र नगरबासिको चाहाना अनुसार स्वतन्त्र उम्मेद्वार दिएको बताएका छन् ।

    साभार .....न्युज राप्ती 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij