२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपाको समर्थनमा ईलामका ५ पालिकामा ...
--4313

नेकपाको समर्थनमा ईलामका ५ पालिकामा उम्मेद्वारी

नेकपाको समर्थनमा ईलामका ५ पालिकामा उम्मेद्वारी

मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • ईलाम,१३ बैशाख । ईलाम जिल्लाको ५ ओटा पालिकामा नेपाल कम्युनिस्ट पार्टिको पुर्ण समर्थनमा विभिन्न पदमा उम्मेद्वारी परेको छ ।

    हिजो एक साथ इलामका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्,।

    ईलाम नगरपालिका मेयरमा- फडिन्द्र न्यौपाने, उपमेयर- डाक प्रसाद गौतम, देउमाई नगरपालिका मेयरमा- मोहन बराल, माई जोगमाई गांउपालिका प्रमुखमा- बेनुप बिक्रम तामाङ्ग , सन्दकपुर गांउपालिका प्रमुखमा- खड्ग राई, वडा नम्बर १ काे अध्यक्षमा- नन्द कुमार राई, चुला चुली गांउपालिका प्रमुखमा- गणेश बहादुर पौडेल, वडा नम्बर ५ काे अध्यक्षमा – डम्बर बहादुर चौहान, माई नगरपालिका वडा नम्बर ५ अध्यक्षमा- छबि आचार्यले उम्मेद्वारी दिएका हुन्,।

    उनीहरुलाई पार्टिले नै निर्वाचनमा स्वतन्त्र रुपमा उठाएको हुनाले आफ्नो पार्टिको पुर्ण समर्थन रहेको जिल्ला सचिब मौसमले बताए । उनले भने,- “भोट कति आउँछ, जितिन्छ हारिन्छ त्यो संग हामीलाई खासै सरोकार छैन- जितियो भने केहि सुधारको काम संसदबादीले भन्दा राम्रो गरि पक्कै गरिहाल्छौं । हारिएछ भने यो संगठन निर्माणको आधार हुने, एमसिसी, भ्रष्टाचार बिरुद्धको ध्रुबिकरण हुने निश्चित छ ।” उनले थपे यो एक तिर चौतर्फी सिकार हो ।

    उनले भने,- “यो कार्यनितिको प्रयोग कसरि गर्ने होला हामी अन्यौलमा थियौं, हामीलाई निक्कै अप्ठ्यारो लागेको थियो तर यंहा सम्म आंउदा नै हामी त सफल भएको जस्तो अनुभूति भैरहेको छ ।” उनका अनुसार निर्वाचन प्रयोगमा जाने बित्तिकै जिल्लाका विभिन्न ब्यक्तित्व, स्वतन्त्र नागरिक, पार्टिका समर्थक, शुभचिन्तक , व्यापारी, पत्रकार, बुद्धिजिवी, कर्मचारी, सुरक्षाकर्मी सबैतिर प्रत्यक्ष प्रभाव गइरहेको र मुद्धा जनतामा लान धेरै सजिलो भएको छ ।

    उनले यो निर्वाचनमा आफ्नो बिबेक र चेतनालाई कोहि दलालको प्रभाव र प्रलोभनमा नपारी स्वतन्त्र उम्मेद्वारलाई भोट हाल्न अपिल समेत गरेका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij