२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा केन्द्रिय सदस्य धिरेन्द्रा उपाध्यायद्वारा रास्कोट...
--4307

नेकपा केन्द्रिय सदस्य धिरेन्द्रा उपाध्यायद्वारा रास्कोट नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता

नेकपा केन्द्रिय सदस्य धिरेन्द्रा उपाध्यायद्वारा रास्कोट नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता

सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य गुल्मी / पाल्पा इन्चार्ज  तथा संविधानसभा सदस्य धिरेन्द्रा उपाध्याय उपाध्याय (भृकुटी)ले रास्कोट नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् ।  नेकपाबाट स्वतन्त्र रुपमा भृकुटीले उम्मेदवारी मनोनयन दर्ता गरेकी हुन् ।

    २०६४ सालको संविधानसभा निर्वाचनमामा समानुपातिकबाट सांसद बनेकी उपाध्याय माओवादी विभाजन पछि बैद्य हुँदै नेकपामा आएकी थिइन् । रणनीतिक रुपमा उनी निकै बलियो उम्मेदवार मानिन्छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपाबीच कडा प्रतिशपर्धा हुने भएपनि उनको जित निश्चित छ । नेकपा एमालेबाट वडा नम्बर २ का वडाध्यक्ष दयाराम सिमखाडाले मेयरमा उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट पोषण शाही लड्दैछन् ।

    साविकको फुकोट गाविस माइती र सिपखाना घर भएकी उनलाई दुई वटै गाविसबाट भोट आउने आँकलन गरिएको छ । 

    हरेक निर्वाचनमा निर्णायक भुमिका खेल्दै आएको फुकोटले यो पटक पनि भृकटीलाई एक छापे मत दिएर विजयी गराउने विश्वास नेकपाको रहेको छ । संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ फुकोटबाट माओवादी केन्द्रलाई एक छापे मत गएको थियो ।

    फुकोटका जनताले मेयरमा भृकुटी, उपमेयरमा मनी जिताउने बताउँदै आएका छन् । एकीकृत समाजवादीले उपमेयरमा पूर्व शिक्षक तथा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित मनी बराललाई उठाएको छ । उनी पनि फुकोटकै बासिन्दा हुन् ।

    नेकपाको तर्फबाट उपमेयरमा छाया सुनारले मनोनयन दर्ता गरेकी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij