२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • स्वतन्त्र उम्मेद्वार हमाल (गोपिदाई) ले धनगढी...
--4291

स्वतन्त्र उम्मेद्वार हमाल (गोपिदाई) ले धनगढी उम्मेद्वारमा मनोनयन दर्ता गराए

स्वतन्त्र उम्मेद्वार हमाल (गोपिदाई) ले धनगढी उम्मेद्वारमा मनोनयन दर्ता गराए

आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्वार रहेका गोपाल हमाल उम्मेद्वारी दर्ता गराएका छन् ।

    ‘हाम्रो धनगढी हामी बनाउँछौं’ नारा लेखिएको ब्यानरसहित सयौं समर्थकका साथमा जुलुससहित निर्वाचन कार्यालय पुगेका उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

    धनगढी उप–महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादुर वड र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेबाट रणबहादुर चन्द उम्मेद्वार रहेका छन् ।

    निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज ११ गते र भोलि १२ गते मनोननयनपत्र दर्ताको कार्यतालिका राखेको छ ।

    निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि उम्मेद्वारी दर्ता सुरू भएको छ । देशैभरी उम्मेदवारी दर्ता गराउन अहिले उम्मेद्वारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन् ।

    २०७४ को स्थानीय तहको चुनावमा पनि हमाल धनगढीको मेयर उठेका थिए । त्यतिबेला हमालले ११ हजार ५ सय २७ मतका साथ दोस्रो भएका थिए ।

    त्यतिबेला पनि उनका अहिलेका प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेद्वार रहेका नृपबहादुर वड विजयी भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij