२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नवलपरासीमा (क्रान्तिकारी माओवादी)का १० कार्यकर्ता...
--4288

नवलपरासीमा (क्रान्तिकारी माओवादी)का १० कार्यकर्ता पक्राउ

नवलपरासीमा (क्रान्तिकारी माओवादी)का १० कार्यकर्ता पक्राउ

शनिवार, बैशाख १० २०७९
शनिवार, बैशाख १० २०७९
  • बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सहित १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी सुनवलले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा स्थायी समिति सदस्य राम सिंह श्रीसमगर, पार्टी पिविएम धनेश्वर पोख्रेल, परासी जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल, जिल्ला सदस्य कमल तमु, रवि पुन, गुणनिधि पोखरेल, मोहनलाल शर्मा, ऋषिराम बि क र नेवा मुक्ति मार्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर र क्रान्तिकारी पत्रकार महासंघका रवि पाण्डे रहेका छन् । 

    नेकपा (क्रान्तिकारी माओवादीलले) आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई बहिष्कार गरेको थियो । सुनवल बजार चोकमा निर्वाचन बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दे गर्दा उनीहरुलाई पक्राउ गरेको पत्रकार रवि पाण्डेले बताए ।

    उता कार्यक्रममा सहभागी पत्रकार पाण्डेलाई कार्यकर्ताको रुपमा पक्राउ गरेको सुनवल प्रहरीले बताएको छ ।
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij