२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लु.वा. क्याम्पस बुटवलमा...
-..--4284

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लु.वा. क्याम्पस बुटवलमा मागपत्र पेश

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लु.वा. क्याम्पस बुटवलमा मागपत्र पेश

शनिवार, बैशाख १० २०७९
शनिवार, बैशाख १० २०७९
  • बुटवल । अखिल (क्रान्तिकारी) रूपन्देहीले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत विद्यार्थीहरुले राखेका विभिन्न शैक्षिक मागहरु प्रति ध्यानाकर्षण गर्दै क्याम्पस प्रशासन समक्ष मागपत्र पेश गरेको छ ।
    लामो समयदेखि विद्यार्थीहरुले रूपन्देहीका सबै जसो कलेजहरुमा शैक्षिक मागहरु राख्दै आन्दोलन गर्दै आइरहेका थिए ।
    मागपत्रको सार यस प्रकार छन् ।

             श्री क्याम्पस प्रमुख ज्यू,
              लुम्बिनी वाणिज्य क्याम्पस
              बुटवल, रूपन्देही

               विषयः मागपत्र

    हाम्रो महान तथा गौरवशाली संगठन अखिल ९क्रान्तिकारी० जनजीविका, जनतन्त्र र राष्ट्रियता तथा शैक्षिक मुद्दाहरू उठान गरेर बिद्यार्थीको पक्षमा तथा सबैखाले बेथितिहरूको विरुद्धमा शशक्त आन्दोलन र सङ्घर्ष गर्दै आइरहेको संगठन हो । हाम्रो संगठन यस क्याम्पसमा विगत देखि नै क्रियाशिल रहेको अवगत नै छ ।

    यसै सन्दर्भमा हाम्रो संगठनले यस क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरूको विभिन्न मागरमुद्दाहरूको उठान गरेको छ । तल उल्लेखित मागहरू सम्बोधन गर्न यस क्याम्पस प्रशासन समक्ष हाम्रो संगठन जोडदार माग गर्दै यो मागपत्र पेश गर्दछ ।

    मागहरुः

    १. बिद्यार्थीहरूलाई क्याम्पस आउनरजान सार्वजनिक यातायातको सहज सुविधा प्राप्त नभएकोले यस क्याम्पसले आफ्नै यातायातको साधन९बस०को व्यवस्था गरि बिद्यार्थीहरूलाई भइरहेको यातायातको असहजताको समस्या हल गर्न माग गर्दछ ।
    २. द्यःक् अध्ययनरत बिद्यार्थीहरू९सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययन गरि आएका०लाई लगाइएको असमान शुल्कको खारेज गरि समान शुल्कको व्यवस्था गरियोस् । साथै भ्अयलयmष्अक अध्यापन गर्ने प्राध्यापक छिटोछिटो परिवर्तन भइरहने समस्या हल गरियोस् ।
    ३. द्यद्यक्, द्यद्यः, द्यद्यब्, द्यःक् लाई शैक्षिक गतिविधिमा समान प्राथमिकता र व्यवस्थापनमा ध्यान दिइयोस् ।
    ४. द्यद्यक् अध्ययनरत बिद्यार्थीहरूलाई विभिन्न इचष्भलतबतष्यल उचयनचबmmभ, त्चबष्लष्लन को व्यवस्था गरियोस् ।
    ५. कोभिड(१९ विरुद्धको खोप लगाउन छुटेका बिद्यार्थीहरूलाई क्याम्पसमा खोप लगाउने व्यवस्था मिलाइयोस् ।
    ६. छात्राहरूलाई सेनेटरी प्याड सहज उपलब्ध गराउने व्यवस्था गरियोस् । प्याड लिँदा सिक्का पैसा चल्ने व्यवस्था गरियोस् ।
    ७. क्याम्पसमा स्वास्थ्य सहायता केन्द्र९ज्भबतिज म्भकप०को व्यवस्था गरियोस् ।
    ८. पुस्तकालयमा द्यःक् को पाठ्यपुस्तकहरू तत्काल उपलब्ध गराइयोस् । अन्य पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको पर्याप्त व्यवस्था गरियोस् ।
    क्रान्तिकारी अभिवादनसहित 

    मितिः २०७९।०१।०९ गते
    संयोजक
    प्रसुन ज्ञवाली

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij