२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • जनपत्रकार संगठन भोजपुरद्वारा पत्रकार महासंघलाई ६...
--4276

जनपत्रकार संगठन भोजपुरद्वारा पत्रकार महासंघलाई ६ बुँदे ज्ञापनपत्र

जनपत्रकार संगठन भोजपुरद्वारा पत्रकार महासंघलाई ६ बुँदे ज्ञापनपत्र

बिहिवार, बैशाख ८ २०७९
बिहिवार, बैशाख ८ २०७९
  • भोजपुर । जनपत्रकार संगठन नेपाल भोजपुरले नेपाल पत्रकार महासंघलाई बुधबार ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका भोजपुर संयोजक सर्गम श्रेष्ठ (सुमन) काे टोलीले ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगारी गुमाएका संचारकर्मीको पुनःस्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ ।

    संगठनले समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ । पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार , सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै, नेपाल पत्रकार महासंघ, भोजपुर शाखाका सचिव अर्जुन बस्नेतले ज्ञापनपत्र बुझ्दै संगठनले राखेको मागप्रति नेपाल पत्रकार महासंघ, भोजपुर शाखा सकारात्मक रहेको र कार्यान्वयनको लागि महासंघ सकारात्मक रहेको बताए । पत्रकारको हकहितको लागि महासंघ सदैव कटिबद्ध रहेको उनले बताए ।  

               

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij