बुटवल । तिलाेत्तमा नगरपालिका वडा नं. १ का खिमलाल पाण्डेले बिहिवार पत्रकार सम्मेलन गरि वडा नंं.१काे वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गरेको हुन् ।
पाण्डे २०५८ साल देखि तत्कालीन नेकपा माओवादी रूपन्देहीकाे जिल्ला सदस्य हुँदै अfएकाे र पार्टी संविधान सभाकाे चुनावमा भाग लिएर संसदमा गएपछि जनयुद्ध लडेका थुप्रै याेद्धाहरुले दुखपाएकाे देखेपछि अfफु पार्टीको जिम्मेवार पदमा रहेपनि दाेस्राे संविधान सभाकाे चुनावमा भाग नलिई नेपाल कम्युनिस्ट पार्टीमा आवद्व रहँदै अfएकाे बताए ।
उनलेकाे याे परिवेषमा कुनै पनि पार्टीको दासत्व स्विकार्य नभएकोले स्वतन्त्र रुपमा उम्मेदवारीकाे घाेषणा गरेको बताए । उनले भने “म सँग रास्ट्रिय चिन्तन छ र म सँग रास्ट्रिय झण्डा छ ।”
त्यस बाहेक म सँग कुनै पार्टीको झण्डा छैन । म कुनै पार्टीकाे सदस्य हाेइन, उनले भने । अन्य पार्टीहरुले वडाअध्यक्षमा उठ्नकाे लागि लाखौं खर्च गरिरहेको बेला तपाई कति खर्च गर्नु हुन्छ नि ? भन्ने जनबाटोको प्रश्नमा उनले भने साधारण मान्छे हुँ । म जनताकाे लागि, रास्ट्रकाे लागि लड्ने मान्छे म हुँ सामान्य चिया बाहेक अरु खर्च गर्दिनँ ।
१ नं. वडामा ५८ सय मतदाता रहेका छन् । उम्मेदवार पाण्डेले अत्यधिक बहुमतका चुनाव जित्ने बताएका छन् । उनले दलीय गठबन्धन एकातिर भएनी एक्लै उम्मेदवार घोषणा गरेका हुन् । उनलेे स्थानीय चुनावमा जितेपछि जनताका सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।
स्थानीय जनताका अनुसार पाण्डे जनप्रिय उम्मेदवार भएकोले चुनाव जित्ने सुनिश्चित रहेको बताइएको छ । पाण्डेले विभिन्न सामाजिक संघ संस्थामा रहेर समाजसेवा गर्दै अfइरहेका छन् ।
