२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लम्बिनी बौद्ध विश्वविद्यालयमा...
--4267

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लम्बिनी बौद्ध विश्वविद्यालयमा ज्ञापन पत्र पेश

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा लम्बिनी बौद्ध विश्वविद्यालयमा ज्ञापन पत्र पेश

बिहिवार, बैशाख ८ २०७९
बिहिवार, बैशाख ८ २०७९
  • बुटवल । अखिल (क्रान्तिकारी)  जिल्ला समिति रूपन्देहीद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालय सीटी कलेज बुटवलमा अध्यनरत विद्यार्थीहरुले विश्वविद्यालय प्रशासन समक्ष विभिन्न शैक्षिक मागहरु राख्दै लामो समयदेखि गरिरहेको आन्दोलन प्रति संगठनको गम्भीर ध्यानाकार्षण गर्दै उक्त विद्यार्थी आन्दोलन प्रति ऐक्यवद्धता जनाएको छ ।

    विद्यार्थीका मागहरु सम्बोधन गर्नका लागि विश्वविद्यालय प्रशासन समक्ष जोडदार माग गर्दै अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिका अध्यक्ष इन्दु वलीद्वारा हस्तक्षरित विज्ञप्ती मार्फत जाकारी गराएको छ ।

    विज्ञप्तीको सार यस प्र्रकार छ ।

    प्रेस वक्तव्य

    १. लुम्बिनी बौद्ध बिश्वबिद्धालय, सिटी कलेज, बुटवलमा अध्ययनरत बिद्यार्थीहरूले बिश्वबिद्धालय प्रशासन समक्ष विभिन्न शैक्षिक मागहरू राखि लामो समयदेखि गरिरहेको आन्दोलनप्रति हाम्रो संगठन गम्भीर ध्यानाकर्षण गर्दै उक्त बिद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । सो मागहरू सम्बोधन गर्नको लागि बिश्वबिद्धालय प्रशासन समक्ष जोडदार माग गर्दछ ।

    २. त्यहाँ अध्यापनरत केही लेक्चरहरूले बिद्यार्थीमाथि गरेका अस्वभाविक र अमर्यादित हर्कतको बिरोध गर्दै, बिद्यार्थीहरूले उनीहरूलाई कारबाहीको माग राखि आन्दोलन गरिरहेको अवस्थामा बिश्वबिद्धालय प्रशासनले छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउन गरिरहेको ढिलासुस्प्रति हाम्रो संगठन भर्त्सना गर्दछ । त्यस बिषयलाई गम्भीरपूर्वक लिइ कारबाही प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछ ।


    ३ . आन्दोलनरत बिद्यार्थीहरूको शैक्षिक मागहरूको सम्बोधन तथा उनीहरूले उठाएको समस्याहरू हल गर्ने सम्बन्धमा बिश्वबिद्धालय प्रशासनको वेवास्तारढिलासुस्ती नगरि आन्दोलनरत बिद्यार्थीहरूसँग, उनीहरूको मागप्रति तत्काल गम्भीरतापूर्वक छलफल, वार्ता गरि माग सम्बोधनरसमस्याको हल गर्न माग गर्दछ ।

    ४. आन्दोलनरत बिद्यार्थीहरूलाई विभिन्न तरिकाले प्रलोभन, डर, त्रास, सिर्जना गरेर गलाउने, थकाउने, भड्काउने कार्य विश्वबिद्यालयका केही जिम्मेवार व्यक्तिहरूले गरिरहेको देखिन्छ, त्यस प्रकारका कार्यरगतिविधि बन्द गर्न चेतावनी दिन चाहान्छ । त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै संयमित हुन सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।

    ५ .आन्दोलनरत बिद्यार्थीहरूको माग सम्बोधन नगरिएको खण्डमा, त्यसबाट उत्पन्न हुनसक्ने जुनसुकै परिस्थितिको जिम्मेवार स्वयं बिश्वबिद्धालय प्रशासन नै हुनेछ ।

    क्रान्तिकारी अभिवादनसहित १

    मिति स्२०७९र०१र०७ गते
    अध्यक्ष
    इन्दु वली

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij