२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • लुम्बिनी प्रदेशमा चुनावी “आचार संहिता कार्यावन्यन...
--4265

लुम्बिनी प्रदेशमा चुनावी “आचार संहिता कार्यावन्यन विषयक संवाद” कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशमा चुनावी “आचार संहिता कार्यावन्यन विषयक संवाद” कार्यक्रम सम्पन्न

बुधवार, बैशाख ७ २०७९
बुधवार, बैशाख ७ २०७९
  • सावन राना, बुटवल । संवाद समुह लुम्बिनी प्रदेश बुटवलद्वारा आयोजित स्थानिय तहको निर्वाचनमा “आचार संहिता कार्यावन्यन विषयक संवाद” कार्यक्रम, संवाद समुह लुम्बिनी प्रदेशका अध्यक्ष विक्रम खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन आयोगका प्रमुखले आगामी ०७९ बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सम्पूर्ण राजनितिक दलका उम्मेद्वारहरुले चुनाव प्रचार प्रसारको विषयमा निर्वाचन आयोगले तोकेको चुनावी आचार संहिता पालना तथा कार्यावन्यन गर्नु पर्ने बताए ।

    जसमा नावालिकलाई प्रचार प्रसारमा प्रयोग गर्न नहुने, कसैको चरित्र हत्या, मान हानी, सार्वजनिक स्थलमा प्रभाव हुने, मतदाताको गोपनियता भंग हुने जस्ता क्रियाकलाप गर्न नहुने र निश्चित सीमा भित्र रहि चुनाव प्रचार प्रसार गर्नु पर्ने कुराहरु उल्लेख गरेका थिए ।

    त्यस्तै संवाद कार्यक्रममा मानव अधिकार संरक्षण मञ्च, सुरक्षा निकाय, एकल महिला, अपांग मैत्रीसंघ, तेस्रो लिङ्गी, नागरिक समाज, इनसेक तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो । उपस्थित प्रतिनिधिहरुले चुनावी प्रचारमा कसैलाई पनि डर, त्रास र आश दिने मनोबैज्ञानिक असर पर्ने खालको गतिविधि आचार संहिता विपरित हुने  बताउँदै आमनागरिकलाई मतदाता शिक्षा दिनु पर्ने बताएका थिए । 

    कार्यक्रममा नेकपा रूपन्देहीका सचिवालय सदस्य बिरेन्द्र बि. क. ले फरक विचार राख्दै स्थानिय तहको निर्वाचनको बारेमा आफ्नो पार्टी चुनावको विरोधी नभएको तर संसदीय व्यवस्थाकै माध्यामबाट हुन गइरहेको चुनावले जनतालाई निकास दिन नसकिने बताउदै यो राज्यको व्यावस्था नै परिवर्तन पछि मात्र जनताको वास्तविक व्यवस्था हुने बताए । उनले यतिबेला नेपालमा एमसीसी विरोधी, देशभक्त, राष्ट्रवादी स्वतन्त्र उम्मेद्वारलाई सहयाग गर्ने बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij