२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश प्रचार...
--4263

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश प्रचार भेलाको प्रतिवद्धतापत्र

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश प्रचार भेलाको प्रतिवद्धतापत्र

मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • २०७९ बैशाख ६ गते, कपिलवस्तु । प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको स्थानीय तह निर्वाचन २०७९ केन्द्रित लुम्बिनी प्रदेश प्रचार भेलाको प्रतिवद्धतापत्र
          
    १) यो प्रचार भेलाले आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश भरिका नेकपा एमालेका सुर्य ध्वाजावाहक उम्मेदवारलाई बिजयी बनाउन आ आफ्ना जिल्ला र पालिकाहरुमा प्रभावकारी, ब्यवस्थित ढंगले प्रचार प्रसारको कामलाई अगाडि बढाउने प्रतिवद्धता जाहेर गर्दछ ।
    २) यो भेलाले निर्वाचनका समयमा हाम्रो पार्टीका बिरुद्धमा बिपक्षिहरुका दुष्प्रयासहरु र परमादेशी सरकारले गरेका जनबिरोधी कामलाई चिर्दै नेकपा एमालेको सरकारका कालमा भएका ऐतिहासिक र उपलब्धिमुलक कामहरु जनतामाझ प्रचार प्रसार गर्ने प्रतिवद्धता जाहेर गर्दछौ ।  
    ३) यो भेलाले बिगतमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार, पार्टीका नेताहरुको नेतृत्वमा भएका प्रदेश सरकारले गरेका कामहरु र हाम्रो पार्टीको नेतृत्वका पालिकाहरुमा भएका बिकास निर्माणलाई प्रचार प्रसार गरेर निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्ने प्रतिवद्धता जाहेर गर्दछ । 
    ४) यो भेलाले केन्द्रीय प्रचार बिभाग,प्रदेश प्रचार बिभाग र जिल्ला प्रचार बिभागहरुको समन्वय र सरसल्लाहमा पालिका पालिकामा सूचना डेक्सको स्थापना गरी नेकपा एमालेका उम्मेदवारको पक्षमा निर्वाचनमा जनमत निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्दछौ । 
    ५) नेकपा एमाले केन्द्रीय कमिटी, जिल्ला र स्थानीय पालिकाले तयार पारेका चुनावी घोषणापत्रका साथै चुनावी घरदैलो कार्यक्रमका बिषयबस्तुलाई आम जनतामा पुर्याउन आ आफ्ना संचारमाध्यम मार्फत प्रचार प्रसारगर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
    ६) निर्वाचनमा केन्द्र र स्थानीय पालिकाले निर्माण गर्ने घोषणापत्रलाई संचारमैत्री बनाउन सुझाव सहित अनुरोध गर्दछौ. । 
    ७) निर्वाचनका समयमा नेकपा एमालेका नेता, कार्यकर्ता र उम्मेदवार समेतलाई सामाजिक संजाल र सूचना प्रबिधीको सकारात्मक प्रयोग गर्न उत्पेरित गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
    ८) यो भेलाले लुम्बिनी प्रदेश सरकारले अगाडि बढाउन थालेको प्रदेश एकिकृत संचार बिधेयकलाई सरोकारवाला पक्षसंग बृहत्तर छलफल गरि संचारमैत्री बनाउन माग गर्दछ । 
    ९) यो भेलाले कपिलबस्तुमा आगामी निर्वाचनमा नेकपा एमालेको तर्फबाट जनतामाझ लैजाने गरि तयार गरिने घोषणापत्रमा बुद्धले २९ बर्ष ब्यतित गरेको तिलौराकोटलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गर्न र जिल्लाका बुद्धसंग सम्बन्धित तथा अन्य पर्यटकीय क्षेत्रको बिकासका लागि प्रतिवद्धता जाहेर गर्न अनुरोध गर्दछ । 
    १०) यो भेला सफल बनाउन कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नुहुने पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख,प्रेस चौतारी ईञ्चार्ज कमरेड पृथ्वीसुब्वा गुरुङ, पोलिटब्युरो सदस्य बिमला घिंमिरे, केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख बिष्णु रिजाल, केन्द्रीय सदस्यहरु गिरधारिलाल न्यौपाने, सिराज अहमद फारुकी, संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षद्धय गणेश पाण्डे, सबिन प्रियासन, महासचिव हिरामान लामा, सचिव प्रदिप आचार्य लगायत संगठन तथा पार्टीका बिभिन्न तहमा रहनुभएका सम्पुर्ण कमरेडहरुप्रति आभार ब्यक्त गर्दछौं । 
    ११) यो भेलाको सफलताको लागि ब्यवस्थापनमा अहोरात्र खट्ने प्रेस चौतारी नेपाल, कपिलबस्तु शाखा, नेकपा एमाले जिल्ला कमिटी सहित भेलालाई सफल बनाउन बिभिन्न प्रकारले सहयोग पुर्याउनु हुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछौ । 

    प्रतिवद्धतापत्र तयारी कमिटी
    १) भरत के.सी.( केन्द्रीय कमिटी पुर्व सचिव)
    २) रुद्र सुवेदी (केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज)
    ३) पार्वती पाण्डे (केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज) 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij