२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो पूर्ण...
--4261

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • बुटवल । अखिल (क्रान्तिकारी) केन्द्रीय समितको तेस्रो पूर्ण बैठक केन्द्रीय अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भएको छ ।

    बैठक २०७८ चैत ३० देखि २०७९ बैशाख १ र २ गते सम्म चलेको थियो ।

    बैठकमा संगठनका सबै केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्य क्षेत्रको महत्वपूर्ण  रिर्पोट तथा सुझावहरु पेश गरेका थिए । 

    पार्टीका नेतृत्व तथा पदाधिकारीहरुबाट देशका समसामयिक विषय वस्तुमाथि स्पष्ट पार्दै देशमा विद्यार्थीहरुको महत्वपूर्ण  भूमिका र कार्यभारको विषयमा छलफल भएको थियो ।

    बैठकमा देशमा भइरहेको महंगी, चर्को मूल्यबृद्धि, भ्रष्टाचार र शिक्षा क्षेत्रमा भएका अनियमितता, विभेद, चर्को शुल्क र  विद्यार्थी हक हितका बारेमा प्रष्ट पार्दै संगठनले प्रेश विज्ञप्तीमार्फत सूचना जारी गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij