२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपा गुल्मीको प्रथम पूर्ण बैठक सम्पन्न...
--4258

नेकपा गुल्मीको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा गुल्मीको प्रथम पूर्ण बैठक सम्पन्न

मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • ६ बैशाख, तम्घास । नेकपा गुल्मीको प्रथम पूर्ण बैठक जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा भ्रष्ट, दलाल र एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न जनतालाई अपिल गर्ने निर्णय गरेको छ । 

    बैठकले दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी सुमनले बताउनुभयो ।  

    उहाँले जिल्लामा शिवगढीमा बसेको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदै जिल्लामा भएको महंगी, कालाबजारी, दलाल, तस्कर, सामाजिक अपराधी र लघुवित्त संस्थाको ज्यादतीविरुद्ध शसक्त जनकारवाही चलाउने बताउनुभयो ।  

    बैठकले एमसीसी विरोधी देशभक्त, प्रगतिशील र जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपील गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापक प्रचार गर्ने निर्णय समेत गरेको छ ।
    बैठकले जनयुद्धमा सहादत प्राप्त गर्ने मनोजका वुवा सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीस्थित नरबहादुर तरामुको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij