२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4254

नेकपा गुल्मीद्धारा दिवंगत नरबहादुरप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा गुल्मीद्धारा दिवंगत नरबहादुरप्रति श्रद्धाञ्जली व्यक्त

'सहिद क. मनोज र दिवंगत आदरणीय बुवा तरामुको सपना पुरा गर्ने प्रतिबद्धता'

सोमवार, बैशाख ५ २०७९
सोमवार, बैशाख ५ २०७९
  • बैशाख ५, तम्घास । नेकपा गुल्मीले जनयुद्धका महान सहिद मनोजका बुवा नरबहादुर तरामु मगरको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

    पार्टी जिल्ला सेक्रेटरी सुमनले आइतबार शोक वक्तव्य जारी गर्दै तरामु मगरको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । उनले वक्तव्यमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले बुवा नरबहादुरले जनयुद्धकालदेखि एकीकृत जनक्रान्तिसम्म पार्टी र क्रान्तिलाई प्रत्यक्ष\अप्रत्यक्ष सहयोग गर्दै आउनुभएको बताउदै महान सहिद क. मनोज र दिवंगत आदरणीय बुवा नरबहादुर तरामुको सपना पुरा गर्ने प्रतिबद्धता गरेका छन् । 

    वक्तव्यमा भनिएको छ, “ आदरणीय बुवा नरबहादुर तरामु मगरप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । हाम्रो पार्टी महान सहिद क. मनोज र दिवंगत आदरणीय बुवा नरबहादुर तरामुको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

    सत्यवती गाउँपालिका वडा नंं २ चेहेमीमा स्थायी बसोबास गर्दै आएका नरबहादुरको ६७ बर्षको उमेरमा आइतबार दिउँसो ३ बजे घरमै निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगविरुद्ध उपचार गराइरहनुभएका तरामु मगरको जेठा छोरा मनबहादुर तरामु मगर ‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर हत्या गरेको थियो । बुवा नरबहादुरको सोमबार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।  

    यस्तो छ वक्तव्यको पूर्णपाठ-

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij