बुटवल । नेकपा रूपन्देहीद्वारा २०७८ चैत्र २८ देखि २०७९ बैशाख ४ गते सम्म चलेको गाउँ तथा नगरको राजनैतिक तथा बैचारिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज बाला थापा क. (कृति) ले जनताको व्यवस्था ल्याउन नेपालमा कम्युनिस्टले नै गर्न सक्ने र त्यो क्रान्तिबाट मात्र सम्भव हुने उल्लेख गर्दै क्रान्तिको बाटो विभिन्न अप्ठेरोबाट जानु पर्ने हुनाले जस्तो सुकै अवस्थामा पनि जनताको साथमा क्रान्तिलाई अघि बढाउनु पर्ने बताए ।
उनले अहिले ४० बर्षसम्मको संसदीय व्यवस्था संकटग्रस्त अवस्थामा रहेको र दलाल पूँजीवादी व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि जनता र पार्टीलाई एकाकार गर्दै अघि बढ्नु पर्ने बताए ।
नेपालका संसदीय राजनितिक दलहरु सबै साम्राज्यवादी मुलुकका दलाली भएको टिप्पणी गर्दै यो नेपालको लागि दुर्भाग्य भएको बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी क. विश्वासले स्थानीय चुनावको विषयमा यो संसदीय व्यवस्थाको चुनावको विकल्प जनमत संग्रहको चुनाव हुनु पर्ने बताउँदै अप्ठेरो बाटो अप्नाउनु पर्ने बताए ।
बुटवल÷तिलोत्तमा नगर इन्चार्ज क. विरेन्द्रले जनताको व्यवस्था ल्याउन संघर्षको बाटोबाट जनमत संग्रहकोे लागि दवावमूलक अवस्था सिर्जना गनुपर्ने उल्लेख गरे ।

निरन्तर चलेको राजनैतिक÷बैचारिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सैनामैना, गैँडहवा र कञ्चनमा, सियारी, शुद्धोधन र सि.न.पा., देवदह, रोहिणी र ओमसतिया र बुटवल÷तिलोत्तमामा प्रशिक्षण भएको थियो ।

कायक्रममा बुटवल÷ तिलोतमा नगर इन्चार्ज क. विरेन्द्रको अध्यक्षता र बुटवल नगर सेक्रेटरी एन. बी शाहीको स्वागत मन्तव्य र तिलोत्तमा नगर सेक्रेटरी क. विज्ञानको सञ्चालनमा कार्यक्रम भएको थियो ।
