बुटवल । अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिले संगठन विस्तार तथा सुढृदीकरण अभियान २०७९ सुरु गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको लागि हाम्रो आन्दोलन’ भन्ने नारासहित अखिल (क्रान्तिकारी)ले सो अभियान सुरु गरेको छ। आज सो अभियान लुम्बिनी वाणिज्य क्याम्पसबाट सुरु गरेको छ ।
अभियान उद्घाटन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष पारस राहादीमगरले राज्यले निर्माण गरेको वर्तमान शिक्षा प्रणालीले विद्यार्थीको रुची, चाहना र उद्धेश्यलाई सम्बोधन गर्न नसकेको कारण समस्या उत्पन्न भएको र त्यसलाई हल गर्नको लागि बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपरिहार्य रहेको बताए ।
साथै देशलाई आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादन गरि सो जनशक्तिको देश भित्रै व्यवस्थापन गरि राज्यले शैक्षिक बेरोजगारको समस्या हल गर्न आवश्यक रहेको बताए । शिक्षा क्षेत्रमा भएका विकृति विसंगति विरुद्ध तथा राष्ट्रियता र जनजिविकाको सवालमा समेत विद्यार्थीहरुलाई सचेत र संगठित ढंगले आन्दोलित हुन आव्हान गरे ।
बिएमएस अध्ययनरत बिद्यार्थीहरूसँग वैज्ञानिक समाजवादी शिक्षा प्रणालीबारे छलफल गर्दै संगठन विस्तार गरेको छ ।
सुदिप नेपालीको संयोजकत्वमा ९ सदस्यीय विएमएस सेक्सन कमिटी गठन गरेको छ । उत्साहजनक रुपमा बिद्यार्थीहरू छलफलमा सहभागी र संगठनमा आवद्ध भएको जनाइएको छ ।
यो अभियान जिल्ला भरिका शैक्षिक संस्थाहरूमा निरन्तर सञ्चालन गर्ने जनाइएको छ।
