भैरहवा । सिद्धार्थ साहित्य परीषदको २५६ औँ साहित्यिक संगम सम्पन्न भएको छ ।
साहित्यिक क्षेत्र तर्फ साहित्यकारहरुको लगाभ र रुची बनाइ राख्नका निम्ति सिद्धार्थ साहित्य परीषदले वि.स २०५३ साल देखी मासिक साहित्य सगंम गर्दै आइरहेको छ ।
संगम कार्यक्रममा बोल्दै उमेश चन्द्र रिजालले साहित्य सर्वपक्षी रहेको बताए । उनले आफु साहित्यकार नभए पनि साहित्यकारको संगत भएकाले आफुलाई पनि कविता लेख्न इक्षा जागेको बताए ।
सिद्धार्थ साहित्य परीषदका अध्यक्ष डिल्ली राज भट्टराइले साहित्यले समाजका विकृती विसंगतीलाई कम गर्ने बताए ।
साहित्यकार कृष्ण प्रसाद बश्यालले राजनीती प्रती जनता उदासीत भएको भाव व्यक्त कविता वाचन गरे ।
साहित्यककार केशब शर्मा बेल्बासेले लामो समय देखी भेट हुन नसकेको आफन्त बिदेशमा आएर भेट भएको भाव गित प्रश्तुत गरे । देशमा राजनीती वितृष्णा हुँदै गएको भावको कबिता लक्ष्मी प्रसाद अधिकारीले वाचन गरे ।
कार्यक्रममा पुनहरि बेल्बासे, अस्मिता अधिकारी, बासुदेव पोखरेलले रचना वाचन गरेका थिए ।
