बुटवल । नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.२ कि अमृता टन्डनको चैत्र ३० गते राती आफ्नै घरमा भएको रहस्यमय मृत्युको यथासिघ्र छानबिन गरी दोषिलाई कडा कार्वाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
तिलोत्तमा नगर सेक्रेटरी विज्ञानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका वडा न.२ बस्ने जानकीनगरकि २८ बर्षिय अमृता टन्डनको चैत ३० गते राति ९ः५० आफ्नै घरमा संकास्पद मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ । यथासिघ्र यस घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडाभन्दा कडा कार्वाही गर्दै पिडित पक्षलाई न्याय दिन सम्बन्धित निकायको ध्यानाआर्षण गराउँदछौं अन्यथा दोषि माथि कार्वाही नभए हाम्रो पार्टीले थप संघर्ष गर्दछौं ।

