२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • बारामा जीप दुर्घटना एकको मृत्यु १३...
--4236

बारामा जीप दुर्घटना एकको मृत्यु १३ जना घाइते

बारामा जीप दुर्घटना एकको मृत्यु १३ जना घाइते

बिहिवार, बैशाख १ २०७९
बिहिवार, बैशाख १ २०७९
  • बुटवल । बारामा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । भने १३ जना घाइते भएका छन् ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा बा १९ च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।

    दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij