२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • बारामा भरूवा बन्दुक पड्किँदा एक...
--4234

बारामा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

बारामा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

बिहिवार, बैशाख १ २०७९
बिहिवार, बैशाख १ २०७९
  • बुटवल । बाराकाे जितपुर-सिमरा उपमहानगरपालिका-१६ मा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।  

     जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा २८ वर्षीय सागर सिंजाली मगरको  रहेका छन् ।

    प्रहरीका अनुसार सपरू घारीमा सिकारीले जंगली जनावर मार्न भरूवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो।  

    भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए । घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो । त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।

    घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ।

    घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ।   प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij