बुटवल । सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन ।
जिल्लाको कपुरकोट गाउँपालिका ४ धनवाङ स्थित थापा टोलमा हिजो राती चट्याङ लाग्दा एकै घरका ३ जना घाइते भएका हुन।
घाइते हुनेहरुमा ६६ वर्षीय आशाराम थापा, उननी श्रीमती ६५ वर्षीय गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन ।
साथै चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।
हिजो राती आफ्नै घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर चट्याङले लागेको थियो ।
विहानै घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
