२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4227

कञ्चनका निर्माण व्यावसायिले आत्महत्या गरे

कञ्चनका निर्माण व्यावसायिले आत्महत्या गरे

बुधवार, चैत्र ३० २०७८
बुधवार, चैत्र ३० २०७८
  • बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं २ बस्ने एक युवा निर्माण व्यावसायि अन्दाजी ४० वर्षका कोल बहादुर क्षेत्रीले अचानक आफ्नै घर पछाडीको रुखमा डोरीले पासो लगाई आत्महत्या गरेको खवर प्राप्त भएको छ ।

    आज विहान ५ बजे मर्निङ्ग वाक गरि घर फर्किएको करिव डेड् घण्टा पछि आफ्नै घर पछाडीको रुखमा झुण्डीएको अवस्थामा उनकै श्रीमतिले घरधन्दाको क्रममा  देखेको र तुरुन्त डोरी काटी उपचारको लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको हो । 

    नेपाली काँग्रेस कञ्चनका उपसभापति समेत रहेका मृतक कोल बहादुर क्षेत्रीले रजनी कन्सट्रक्सन र डि. के. सप्लायर्स नामक निर्माण व्यावसाय सञ्चालन गर्दै आएका थिए ।

    बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवामा समेत सकिृय रहँदै आएका क्षेत्रीले अचानक आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । 

    मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको इप्रका रुद्रपुरले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij