२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • खेलकुद
  • नवलपरासी पुर्वमा ४५ वर्षमाथिका खेलाडीबीच...
--4223

नवलपरासी पुर्वमा ४५ वर्षमाथिका खेलाडीबीच जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

नवलपरासी पुर्वमा ४५ वर्षमाथिका खेलाडीबीच जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुधवार, चैत्र ३० २०७८
बुधवार, चैत्र ३० २०७८
  • बुटवल । नवलपरासी पूर्वमा नयाँ वर्ष २०७९ को अवसरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

    मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैंडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा विभिन्न तीन विधामा झण्डै दुई सय प्रतियोगी सहभागी हुनेछन् ।

    प्रतियोगितामा मेन्स डबल बी, मेन्स डबल्स सी र भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिताको मेन्स डबल बीतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउने प्रचारप्रसार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिए । यसै गरी मेन्स डबल सी तर्फ पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।

    ४५ वर्षमाथिका खेलाडीबीच हुने भेन्ट्रान्स समूहको प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिने आयोजकले जानकारी दिएको छ ।

    गैंडाकोट नगरपालिका- १ स्थित प्राप्तिका कर्भड हलमा वैशाख १ गते विहान ८ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij