कास्की । नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत लेखनाथ नगर कमिटिको दोस्रो पुर्ण बैठक नगर सेक्रेटरी कमरेड सोममायाको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा नगर सदस्यहरुले आफ्नोअन्र्तगत कार्यक्षेत्रको रिपोर्ट तथा पार्टीको पछिल्लो कार्यनीतिका विषयमा प्रश्न गरेका थिए ।
बैठकमा सहभागि जिल्ला सेक्रेटरी काजी गुरुङले वैज्ञानिक समाजवाद प्राप्तिको कार्यदिशा एकीकृत जनक्रान्ति र मुल कार्यनीति जनमत सङ्ग्रह भएकोले पार्टीको ८ औं केन्द्रीय समितिको १२ औं पुर्ण बैठकले पारित गरेको तात्कालिक कार्यनीति र बैठकले गरेका निर्णयहरुको अक्षरस पालन गर्नु सबै पार्टीपंक्तिको दायित्व हो भन्दै सामाजिक सञ्जालको भरमा धारणा निर्माण गरी भ्रममा पर्न नहुन बैठकमा जिल्लाका युवा नेता तथा सहिद पुत्र प्रकाश बास्तोलाको पनि सहभागिता रहेको थियो ।
पार्टीको केन्द्रीय समितिको निर्णयको भाव सम्प्रषण र कार्यान्वयन एकमतले गर्ने निर्णय गर्दै नगर बैठक सम्पन्न भएको नगर सेक्रेटरी सोममायाले जानाकारी दिइन् ।
