अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिका वडा न ३ मथुरा बेसीमा आज लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थे|सर मेसिन काम गर्ने क्रममा भौगोलिक सरचनाका कारणले डिसव्यालेन्स हुन गई पल्टिदा सनपा १२ का २३ निरन बि.सीको घटनास्थलको मुत्यु भएको छ।
सोही क्रममा ट्याक्टर चालक कृष्ण मुखिया छत्रदेब गाँउपालिका वडा न ३ का ४१ बर्षीय खिम ब कुमाल घाईते भएको र स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सृजन विक्रम शाहले जानकारी दिनुभएको छ ।
