अनिल नेपाली,अर्घाखाँची । जिल्ला न्यायधिश वासुदेब न्यौपानेले निर्वाचन स्वच्छ मर्यादित रुपमा सम्पन्न गर्न सबैको सहयोग आबश्यकता रहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आज आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।
न्यौपाने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नको लागि राजनितिक दल ,सुरक्षा निका, कर्मचारी मतदाता, सञ्चारकर्मी सबैको सहयोग आवश्यक रहेको बताउदै निर्वाचन आचारसहिता भित्र रहेर काम गर्न आग्रह गदै निर्वाचन आचारसहिता भन्दा बाहिर रहेर गतिविधि गर्ने जो सुकैलाई पनि कार्यबाही गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मन्तव्य राख्दै निर्वाचनलाईभयरहित बाताबरणमा सम्पन्न गर्नको लागि सबैको सहयोग आबश्यकता रहेको बताउदै विधि नियम भित्र रहेर काम गर्नको लागि सबैमा आग्रह गरे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे अध्यक्षता निर्वाचन कार्यालयका सुचना अधिकारी रवि अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुरेस भण्डारीले निर्वाचन आचारसहिताको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्लाका राजनितिक दल सुरक्षा निकायका प्रमुख पेशागत सगठनका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी कर्मचारी लगायतको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।
