२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4210

अर्थमन्त्री शर्माद्वारा पत्रकार सम्मेलनको आयोजना

अर्थमन्त्री शर्माद्वारा पत्रकार सम्मेलनको आयोजना

सोमवार, चैत्र २८ २०७८
सोमवार, चैत्र २८ २०७८
  • बुटवल । सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको छ  ।  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् ।

     गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर आर्थिक वृत्त तरङ्गित छ ।

    अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसकेपछि गभर्नरलाई निलम्बन गरिएको भन्दै अर्थमन्त्रीविरुद्ध प्रचार भइरहेको छ ।

     पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताएका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij