२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • आवश्यकताको आधारमा निर्वाचनमा लोकतान्त्रिक गठबन्धन...
--4204

आवश्यकताको आधारमा निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाएर जान्छौः पुन

आवश्यकताको आधारमा निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाएर जान्छौः पुन

आइतवार, चैत्र २७ २०७८
आइतवार, चैत्र २७ २०७८
  • अनिल नेपाली अर्घाखाँची २७ चैत नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर पुनले अब सत्ता साझेदार दल लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा मिलेर जाने बताउनुभएको छ ।

    आइतबार प्रेस युनियन अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले यस्तो बताउनुभएको हो । नेता पुनले  आवश्यकताका आधारमा स्थानीय तहमा लोकतान्त्रिक गठबन्धन बनाएर  चुनावमा जाने बताउदै कम्युनिस्टले जनताको भावना  अनुसार सरकार चलाउन नसक्दा आफुहरुले सोेच्न नसकेको सरकारको नेतृत्व आज काग्रेसले गनुपरेको बताउदै काग्रेस विना देशको परिकल्पना  सम्भव नरहेको बताए ।

    काग्रेस प्रतिपक्षमा रहदा पनि जनताको लागि निरन्तर लागि परेको अहिले सरकारमा छदा पनि जनताको पक्षमा निरन्तर लागि परेको बताउदै बर्तमान प्रतिपक्ष दल जनताको पक्षमा कुनै निर्णय गर्न नदिदा सरकारले प्रभाबकारी काम गर्न नसकेको बताउदै प्रतिपक्षी दल एमालेलाई जनताको पक्षमा काम गर्न जनताको  भावनाको कदर गर्नको लागि समेत आग्रह गरे ।

    एक फरक प्रसगमा कुरा गदै नेता पुनले कम्युनिस्टले जनतालाई भाषणका आधारमा पटक पटक झुक्काएर सत्तामा पुगे तर जनतामुखी काम गर्न नसकेको बताउदै यसपालि लोकतान्त्रिक गठबन्धन जित्ने दाबी गदै अधिल्लो सरकारले जनताको भावना अनुसार काम गर्न नसक्दा अहिले मुलुकका आर्थिक सकट देखा परेको बताउदै गर्भनरले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा सरकारले निलम्वित गरेको बताउदै त्यसको केही तथ्य केही दिनमा बाहिर आउने बताए ।

    कार्यक्रममा लुम्विनी प्रदेशका उपसभापति भुबन प्रसाद श्रेष्ठ सहमहामन्त्री निमा गिरी कोषाध्यक्ष प्रकाश राना सदस्य शान्ता भण्डारी अर्घाखाँचीका सभापति  केशव श्रेष्ठ , पुर्व सभापति कमल प्रसाद भुसाल सचिव  कृष्ण प्रसाद खनाल काग्रेस नेता डा ईन्द्रमणि पौडेल महाधिवेशन  प्रतिनिधि लगायतका काग्रेस नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    कार्यक्रम जिल्ला उपसभापति सरिता भुसालको अध्यक्षता  सचिव विष्णु खनालको सञ्चालन पुर्व कोषाध्यक्ष अशोक खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij