बुटवल । २०६० मा सल्यानको लेखपोखरामा जन स्वास्थ्य भवन निर्माण गर्दा रसुवा कन्स्ट्रक्सन प्रालिका ठेकेदार सञ्चालक मोहन आचार्य र बाबुकाजी श्रेष्ठले ठगी गरेपछि बबई गाउँपालिका – ५, हापुरेका कृष्ण बहादुर खत्रीले दाङ्ग तुलसीपुरमा पत्रकार सम्मेलन गरेका हुन् ।
भवन निर्माण गर्ने क्रममा लेवर, मिस्त्री आफुसहित ६८ जना ठगीमा परेको बताएका हुन् । उनी सो ठेक्काको पेटी ठेकेदार हुन् ।
सो भवन निर्माण गर्दा १,२३,७२,२१६।– (एक करोड् तेइसलाख बहत्तरहजार दुई सय सोह्र रूपैँया) नपाएको बताए । पटक पटक रकम माग गर्दा पनि नदिइ ठेकेदार भागे पछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा उजुरी दिएको बताए ।
६८ जना लेवर,मीस्त्री २४ जना,काठ चिर्ने मिस्त्री लेवर , ६ वटा ट्याक्टर,गीट्टी फोड्ने ३५ जना , लोड गर्ने १२ जना लगाएतका मजदुरले पैसा नपाएको बताउनुभएको छ ।
बबईगाउँपालिका ५ बस्ने लेवर गुरुप लिडर खतविर घर्ती,सोहि वडा बस्ने टेक्टर ग्रुप लिडर देविराम शर्मा,बबई गाउँपलिका ४ बस्ने गिट्टी मजदुरका लिडर गोपिराम विक,मजदुर लिडर नरबहादुर सुनार,रेशम थापा,बबई गाउँपालिका ६ बस्ने सेर बहादुर पुन र यम प्रसाद घिमिरेले सयुक्त रुपमा ठगी सम्बन्धि प्रहरी समक्ष कम्पनीका संचालक आचार्य र श्रेष्ठलाई झिकाई छलफल गराउन अनुरोध गरेका छन ।
त्यसैगरी काम गर्न प्रयोग गरिएका रा १ च ११६ र ३९४ , रा १ त १२०२,रा १ त ९०९,रा १ त ८०५ र रा १ त ९१० नम्बरको ट्याक्टरले समेत रकम नपाएको पिडित पक्षले गुनासो गरेका छन् ।
