२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नासुद्वारा गाउँपालिकामा ३४ लाख बढी रुपैयाँ...
--4195

नासुद्वारा गाउँपालिकामा ३४ लाख बढी रुपैयाँ अनियमिता, अध्यक्ष पनि मुछिए 

नासुद्वारा गाउँपालिकामा ३४ लाख बढी रुपैयाँ अनियमिता, अध्यक्ष पनि मुछिए 

शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • बुटवल । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवको मिलोमतोमा नायब सुब्बा (नासु) महेन्द्र प्रसाद यादवले आन्तरिक राजश्व संकलन भएको रकम अनियमितता गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिप कुमार यादवले राजश्व दाखिला नगरेको रकम २५ प्रतिशत जरिवानासहित बैंकमा जम्मा गर्न नासु यादवलाई पत्राचार गरेपछि अनियमितताको रहस्य बाहिरिएको हो।

    प्रमुख प्रशासकिय अधिकृत यादवका अनुसार २०७७र०७८ को स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयर मार्फत् ०७७ साउन १ देखि ०७८ असार ३१ सम्म ५५ लाख २७ हजार ७७ रुपैयाँ आम्दानी भएकोमा नासु यादवले ३४ लाख २३ हजार ७९० रुपैयाँ जम्मा गरेका छैन न्।

    पटक पटक ताकेदा गर्दा पनि नासु यादव खर्च गरेको रकम बैंकमा दाखिला गर्न मानेनन् । अनौपचारिक निर्देशन पालना नगरेपछि प्रमुख प्रशासकिय अधिकृत यादवले चैत १५ मा नासु यादवलाई जरिवानासहितको रकम जम्मा गर्न पत्र लेखेका हुन् । तर (नासु) यादवले अझै रकम जम्मा नगरेको बताइएको छ ।

    निजी काममा खर्च गरेको ३४ लाख २३ हजार ७९० रुपैयाँ र सो रकमको २५ प्रतिशत जरिवाना जोडेर कुल ४२ लाख ७९ हजार ७३७ रुपैयाँ ५० पैसा आन्तरिक राजश्व खातामा जम्मा गर्र्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत यादवले लेखेको पत्रमा उल्लेख छ ।

    नासु यादवले राजश्वको रकम गाउँपालिका अध्यक्ष यादवले चलाएको बताउँछन् । उनले अध्यक्ष यादवले पछि मिलाइदिने भनेर रकम लिएको र जम्मा नगरेको बताए । उनले रकम बुझाउनेर नबुझाउने विषयमा केहि बोल्न मानेनन् ।
    यता, गाउँपालिका अध्यक्ष यादवले कुनै कर्मचारीमार्फत आफूले रकम नलिएको दावी गरे । कर्मचारीले लगाएको आरोपमा सत्यता नरहेको भन्दै आवश्यक परेमा सत्यतथ्य पछि सार्वजनिक गर्ने उनको भनाई छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij