२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा नेपाल आयल...
--4188

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयमा ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयमा ज्ञापनपत्र

शुक्रवार, चैत्र २५ २०७८
शुक्रवार, चैत्र २५ २०७८
  • बुटवल । अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक  कार्यालय, भलवारी, रूपन्देहीमा ज्ञापनपअखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला अध्यक्ष ईन्दु वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    “हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) जनजीविका, जनतन्त्र र राष्ट्रियता तथा शैक्षिकरबिद्यार्थीको पक्षमा तथा सबैखाले बेथितिहरूको विरुद्धमा शशक्त आन्दोलन र सङ्घर्ष गर्दै आइरहेको संगठन हो । देशमा विद्यमान दलाल पूँजीवादी संसदीय व्यवस्था र राष्ट्रघाती जनघाती शासकहरूका कारण एकातिर गम्भीर प्रकारका राष्ट्रघातहरू भएको छ भने अर्कोतिर जनताको जनजीविकाको सवालमा हदैसम्मको गैरजिम्मेवार र उदासिनता देखा परेको छ । जसले गर्दा जनताको जनजीवन महङ्गी, कालोबजारी, भ्रष्टाचारले गर्दा अत्यन्तै कष्टकर र संकटग्रस्त बन्दै गइरहेको छ ।

    सरकारले विभिन्न वहानामा दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थलगायतमा दिनहुँजसो मूल्यबृद्धि गरिरहेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले चारैतिर असर पारिरहेको छ । पेट्रोल, डिजेल, मट्टीतेललगायतमा गरिएको चर्को कररमूल्यबृद्धि घटाएर जनताको जनजीवन सहज बनाउँदै लैजानुको सट्टा उल्टै करमाथि कर थोपर्ने र मूल्यबृद्धि गर्ने काम गरिरहेको छ । यसले दलाल, कालोबजारी, कमिसनखोर, भ्रष्टाचारीहरूलाई सेवा गरिरहेको छ भने आम सर्वसाधारण, श्रमजीवी जनताको ढाड सेक्ने काम गरिरहेको छ । अहिले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्यवृद्धि गरेर प्रतिलिटर क्रमशस् रू.१६०, रू.१४३ र रू.१४३ पुर्याएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर रू.१६०० पुर्याएको छ । हाम्रो संगठन यसप्रकारका मूल्यबृद्धि तुरुन्त खारेज गर्न माग गर्दछ । साथै पेट्रोलियम पदार्थको चुहावत, कालोबजारी नियन्त्रण गर्न तथा भ्रष्ट कर्मचारीहरूमाथि कडा कारबाही गर्न तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको विकास र प्रयोगमा जोड दिन माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij