२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4187

मुगुका महिला कृषकहरु च्याउ खेतीमा रमाउदै

मुगुका महिला कृषकहरु च्याउ खेतीमा रमाउदै

शुक्रवार, चैत्र २५ २०७८
शुक्रवार, चैत्र २५ २०७८
  • बुटवल । परम्परागत रुपमा गरिएका कृषिले जीविकोपार्जन गर्न मुस्किल हुन थालेपछि मुगुका महिलाहरु व्यावसायिक च्याउ खेती तर्फ आकर्षित भएका छन् ।

    छाँयानाथ रारा नगरपालिका–६ का महिलाहरुले समुह बनाएर च्याउ खेती सुरु गरेका हुन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने भएकाले समुहमा आबद्ध भएर च्याउ खेती गर्न लागेका समुहका महिलाहरुले बताएका हुन् ।

    आधुनिक च्याउ खेती सुरु गरेपछि आफ्ना आधारभूत आवश्यक्ता देखि अतिरिक्त आम्दानी हुने उनीहरु बताउँछन् । आधुनिक च्याउ खेती सँगै परम्परागत खेती बालीलाई पनि निरन्तरता दिँदै आएका छन् ।
    मुगुमा उत्पादीत च्याउको प्रतिकिलो पाँच सय रुपैँयामा किनबेच हुने गरेको महिला कृषकहरु बताउँछन् ।

    मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
    प्राविधिक दृष्टिले मुगुमा च्याउ खेतीको लागि फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij