२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  •  आफ्नो पदोन्नति कापी र कलमसँग मनाए...
--4183

 आफ्नो पदोन्नति कापी र कलमसँग मनाए प्रहरीमा कार्यरत खरेल

 आफ्नो पदोन्नति कापी र कलमसँग मनाए प्रहरीमा कार्यरत खरेल

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८

  •  
    अनिल नेपाली , अर्घाखाँची । केही बर्ष अगाडि सम्म प्रहरी देख्दा डराउने अर्घाखाँचीका बासिन्दा प्रहरीले पछिल्लो समय गरेको कार्यको खुलैरै प्रशासा गर्न थालेका छन् । प्रहरी लाई देख्दा जोकोही पनि डराउने समाजको चलन रहेता पनि प्रहरीले गर्ने कार्यले प्रहरी र जनताबिचको दुरी निकै नजिक भएको देखिन्छ ।

    ति मध्येका एक हुन् अर्घाखाँचीमा कार्यरत प्रहरी सुमन खरेल जसले गर्ने कार्यले छुट्टै प्रशासा पाएको छ  जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरिक्षकबाट  पदोन्नति हुनुभएका प्रहरी बरिष्ठ नायब निरिक्षक सुमन खरेल बिहिबार आफ्नो उत्साहलाई फरक र पृथक किसिमबाट मनाउनुभएको छ ।

    हरेक उत्साहलाई नेपाली समाजले मिठो खाने ठुला ठुला होटलमा खाएर नाचे र गाएर  मनाउने परम्परागत शैलीलाई  अन्त्य गदै खरेलले आफ्नो उत्साहलाई पढाईमा रुचि राख्ने विधार्थी सग मनाउनुभएको छ  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको भगबती माध्यमिक विधालयमा अध्ययनरत  विधार्थीलाई कापी र कलम सँग आफ्नो उत्साहलाई मनाएका खरेल विगत १५ बर्षदेखि नेपाल प्रहरीका कार्यरत रहेको छन् ।

    सामाजिक सेबालाई पहिलो प्राथमिकतामा राख्ने खरेल सुर्खेत जिल्लाका भेरिगंगा नगरपालिका वडा न १२ मा  स्थाथी बसेबास रहेतापनि जागिरको शिलशिलामा नेपालका अधिकाश जिल्लामा पुग्नुभएको छ ।

    हुने विरुवाको चिल्लो पात भनेझै स्कुले जीवनदेखि नै सामाजिक काममा नेतृत्वदायी प्ररेणादायी भुमिका खेलेका खरेल सामाजिक काममा रमाउन पाउदा आफलाई निकै गर्भ लाग्ने गरेको बताउछन् । 

    कसरी खरेल सामाजिक काममा प्रेरित भए । 

    खरेल स्कुले जीवन देखि नै सामाजिक काममा आफै अगाडि सरने नेतृत्व गदागदै उनी नेपाल प्रहरीमा जागिर खान पुगे उनी जागिर रहदा पनि उनी जागिरे जीवनलाई उत्साह र फरक किसिमबाट मनाउन पर्छ भन्ने मान्यता भएका खरेलले  बिहिबार आफ्नो शशीरमा पदोउन्नति चिन्ह ग्रहण गदै  आफ्नो उत्साहलाई होटलको महङ्गो चिजबिज सँग मनाउनुको सटा ५० जना विधार्थी आर्थिक अबस्था कमजोर भएका , पढ्नमा रुचि भएका विधार्थीलाई कापी कलम दिएर मनाए । पुलिस देख्दा जोकोही पनि डराउने सामाजिक सोच रहेता पनि विहिबार खरेलले गरेको कार्यले सबै विधार्थी खुसी भए । 

    को हुन् खरेल 


    सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका वडा न १२  छुन्चे बजारमा बुवा ऋषिराम खरेल माता लालमरि खरेलको कोखबाट कान्छा छोराका रुपमा जन्मनुभएका खरेले व्यबस्थापन सकायबाट स्नातकोत्तर पास गर्नुभएको छ ।

    के भन्छन् विधार्थी 

    आर्थिक अबस्था कमजोर भएर कापी कलम समेत किन्न नसकेर स्कुल कसरी जाउ भन्ने सोचमा रहेको बेलामा हामीलाई अक्षर चिन्न र लेख्न सक्ने महत्वपुर्ण कार्यमा प्रेरित गर्ने कार्यले आफुलाई राहत मिलेको कक्षा ७ मा कार्यरत पियु नेपाली बताउछन् ।

    खरेलको कार्यको प्रसंसा

    खरेलको कार्यको सबैले प्रसाशा गरेका छन् बिहिबार उपहार सामग्री लिएर विधालय परिसरमा लडु छोडेर टिका र कापी कलम लिएर विधार्थीको माझमा पुगेका खरेलको कार्यप्रति प्रहरी निरिक्षक सुजन विक्रम शाह , विधालयका प्रधानाध्यापक श्याम बहादुर भुसाल पत्रकार महासघका पुर्व अध्यक्ष शोभाखर पन्थी पत्रकार विक्रम नेपालीले धन्यबाद दिदै खरेलले जस्तै अरुले पनि सिक्नुपर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij