२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4181

जनता प्रगतिशिल एक्लै चुनावमा भिड्ने

जनता प्रगतिशिल एक्लै चुनावमा भिड्ने

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८
  •  

    भैरहवा, चैत २४ । प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पर्टि सँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन् ।

    उनले कुनै पनि पार्टीमा वैचारिक वहन नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।

    राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भएपनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलिय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे ।

    मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र संकटमा परेकोले दलहरुले समयमै विचार नपु¥याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

    देशका अधिकांश राजनैतिक दलहरुले समाजका विविध वर्गलाई आफ्नो आधारभूत वर्गको रुपमा अंगालेको देखिन्छ । केही सर्वहाराको प्रतिनिधित्वको दावी गर्छन् । कोही सहरीया मध्यमवर्गको प्रतिनिधि पात्रको रुपमा उपस्थित छन् ।

    आधुनिक नेपाली राज्य स्थापना भएदेखि देशको कुल जनसंख्याको ६५ प्रतिशत भन्दा बढी किसानको हकहितको प्रतिनिधीत्व पाइँदैन । किसानलाई इमान्दार करदाता र भलादमी मतदाताको रुपमा दल र राज्यले लिएको छ त्रिपाठीले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij