२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  •  कास्कीमा महङ्गी र मुल्य वृद्धिविरुद्ध नेकपाको...
--4180

 कास्कीमा महङ्गी र मुल्य वृद्धिविरुद्ध नेकपाको प्रदर्शन

 कास्कीमा महङ्गी र मुल्य वृद्धिविरुद्ध नेकपाको प्रदर्शन

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८

  • कास्की । नेपाल कम्युनिस्ट पार्टी कास्कीले महङ्गी र मुल्य वृद्धिविरुद्ध पोखरामा -याली सहित प्रदर्शन गरेको छ ।

    सरकारले पटकपटक पेट्रोलियम पदार्थ तथा खाद्यान्न र यातायत क्षेत्रमा मुल्यवृद्धि गरेपछि पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै नेकपा कास्कीले विरोध प्रदर्शन गरेको हो । पोखराको सृजनाचोकबाट सुरु भएको -याली पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी काजी गुरुङले पाटीर्ले दलाल संसदीय व्यवस्थाको विरुद्ध निरन्तर सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादका निम्ति अगाडि बढ्ने बताए ।

    जनपक्षिय आवाजलाई कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा, जनमत सङ्ग्रहको मुल कार्यनीति र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यबाट दायाँबायाँ नहुने बताए ।

    कार्यक्रमलाई वेपत्तापरिवार तथा लेखनाथ नगर सेक्रेटरी सोममाया विश्वकर्माले पनि सम्बोधन गरेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारीका) केन्द्रीय सदस्य पवन पुनले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij