२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपा जिल्ला समिति अर्घाखाँचीको...
--4177

नेकपा जिल्ला समिति अर्घाखाँचीको वैठक सम्पन्न

नेकपा जिल्ला समिति अर्घाखाँचीको वैठक सम्पन्न

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला समितिको पूर्ण वैठक पार्टीका केन्द्रीय  सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज   कमरेड जुझारु र अर्घाखाँची जिल्ला इन्चार्ज कमरेड संगम को विशेष उपस्थितिमा ऎतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ। 

    वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य द्दोय जुझारु र संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै वैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकतावद्व बनाउन सम्पुर्ण नेता कार्यकर्ता लाई आम जनतामा जानको लागी निर्देशन दिनु भयो।

    बैठकले जिल्लामा दलाल संसदीय व्यवस्था ,राष्ट्रघाती सम्झौता, मङग्गी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने  निर्णय गरेको छ। साथै घोषित दलाल संसदीय व्यवस्था अन्तर्गत हुने स्थानीय चुनावमा भाग नलिने र देशभक्त , क्रान्तिकारी , प्रगतिशील तथा राष्ट्रघाती  बिरोधि स्वतन्त्र उम्मेद्बार लाई समर्थन रहने जिल्ला सेक्रेटरी माहुरी ले जानकारी दिनु भयो।

    साथै जिल्ला पार्टीले पुर्व जिल्ला इन्चार्ज जुझारु लाई बिदाइ र नयाँ इन्चार्ज संगम लाई स्वागत गरेको छ। जिल्ला सेक्रेटरी माहुरी को अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको  थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij