२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4176

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८
  • तिलोत्तमा, २४ फागुन । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफलअन्तक्र्रिया गरेको छ ।

    गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।  सहकारीका नीति, सिद्धान्त, कार्यक्रम तथा योजनाका बारेमा जानकारी गराइएको थियो ।

    त्यस अवसरमा सहयोगी बचत तथा क्रृण सहकारी संस्था र कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग छलफल गरी सहकारी एकीकरण सम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको वरिष्ठ व्यवस्थापक ज्ञवालीले जानकारी दिए ।

    तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो ।  छलफलका क्रममा एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेल, सचिव निरज कंडेल, सल्लाहकार बेदप्रसाद कंडेल लगायतले सहकारीका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे र सहयोगी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले समेत आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गुल्मी क्षेत्रका सदस्य बाबुराम ज्ञवालीले गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij