२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • सुर्खेत भेरीगंगामा आगलागी हुँदा एक घर...
--4174

सुर्खेत भेरीगंगामा आगलागी हुँदा एक घर जलेर नष्ट

सुर्खेत भेरीगंगामा आगलागी हुँदा एक घर जलेर नष्ट

बुधवार, चैत्र २३ २०७८
बुधवार, चैत्र २३ २०७८
  • बुटवल ।  सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १३ वडा कार्यालय नजिक आगलागी भएको छ ।

    स्थानीय रत्नबहादुर थापाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख बढीको क्षति भएको बताइएको छ । रत्नबहादुर थापाको घरमा बेलुका पाँच बजे आगो लागेको थियो ।

    बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेका शिक्षक जगत सिंहले थापाको घर पूर्ण रूपमा क्षति भएको बताए ।

    ‘दुई बाख्रा मरेका छन् । घर बनाउनका लागि भन्दै जम्मा गरिएको नगद पाँच लाख, करिब तीन सय क्यु फिट सालको काठ, अन्नपात सबै जलेको छ ।’

    उनले भने आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । भेरीगंगा र गुर्भाकोट नगरपालिकाका दमकलले आगो निभाउने प्रयास जारी राखेका छन् ।

    उनले आगलागीका कारण कम्तीमा पनि १५ लाखको क्षति भएको प्रारम्भिक अनुमान बताए ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij