२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अब कोरोना खोप लगाएको ३ महिनामै...
--4155

अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

आइतवार, चैत्र २० २०७८
आइतवार, चैत्र २० २०७८
  • बुटवल । अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर खोप लगाउन पाइने भएको छ ।

    यसअघि खोपको पहिलो श्रृंखला पुरा गरेको ६ महिना पछि मात्र बुस्टर खोप लगाइदै आएकोमा राष्ट्रिय खोप सल्लाहाकार समितिको गत चैत्र १३ को सिफारिशको आधारमा स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले पहिलो श्रृंखला पुरा गरेको ३ महिनामै खोप दिने निर्णय गरेको हो ।

    साथै मन्त्रालयले खोप लगाउन छुटेका नागरिकहरुलाई तोेकिएको खोप केन्द्रहरुबाट निरन्तर पहिलो तथा बुस्टर खोप लगाउन पनि आग्रह गरेको छ ।

    महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij