२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • खेलकुद
  • दिवंगत बुद्धि  रायमाझी स्मृति भलिबलको उपाधी...
--4149

दिवंगत बुद्धि  रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० लाई 

दिवंगत बुद्धि  रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० लाई 

शनिवार, चैत्र १९ २०७८
शनिवार, चैत्र १९ २०७८


  •  अनिल नेपाली,अर्घाखाँची । दिवंगत बुद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले प्रदान गरेको छ ।  सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गर्दै  सनपा १० ले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनपा २ ले प्रदान गरेको छ  भलिबलमा तृतीय स्थान सनपा ६ ले प्रदान गरेको छ ।

    हिजो देखि सुरु भएको भलिबल खेलको आज सभापन गर्दै वडा न २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले खेल क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउदै खेल क्षेत्रको विकासको लागि आफु निरन्तर रुपमा लाग्ने बताउदै यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन गर्ने बताउँदै स्वर्गीय बुद्धि रायमाझीले समाज परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

    कार्यक्रममा दिवंगत रायमाझीकी धर्मपत्नी बिजुला रायमाझीले समाज परिबर्तनमा बुद्धि रायमाझीको महत्वपुर्ण भुमिका रहेको बताउदै यस्ता रचनात्मक किसिमका कार्यक्रम खेलाडी लाई अभिप्ररित गर्ने उदेश्य सहित ल्याएकोमा धन्यबाद समेत दिइन् ।

    कार्यक्रममा प्रथम द्धितीय तृतिय स्थान हासिल गर्नेलाई नगद १५०००,१००००,५००० हजार ट्रफि मेडल प्रमाण पत्र समेत दिइएको थियो कार्यक्रममा खेल प्रेमी महानुभाब , पत्रकार अनिल नेपालीलाई नगद प्रमाणपत्र मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रम वडा सदस्य सुस्मा श्रेष्ठको अध्यक्षता मञ्जरी युवा क्लबका अध्यक्ष विक्रम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij