२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अत्तरिया पदमा अस्पतालमा बिरामीको मृत्यु भएपछि...
--4148

अत्तरिया पदमा अस्पतालमा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

अत्तरिया पदमा अस्पतालमा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

शनिवार, चैत्र १९ २०७८
शनिवार, चैत्र १९ २०७८
  • प्रकाश थापा,अत्तरीया । उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।

    गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गो. न. पा. ३) का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका  क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोड फोड गरेका हुन् ।

     शनिबार  अस्पतालमा  भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

    आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा  ढुंगामुडा प्रहार गर्दा  अस्पताल बाहिरको  सिसा फुटेको र येम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए । आक्रोशित भिड लाई काम  गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरियेको छ  ।

    आक्रोशित आफन्त र अस्पतालबीच छलफल गर्दै समन्वयको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij