प्रकाश बहादुर थापा,कैलाली । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै सुखड स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ।
क्रान्तिकारीले चैत्र १७ गते बिद्यालयमा भयको भ्रष्टाचार र अनियमितता रोक्न पर्ने,सपिङ कम्पलेक्सको भाडा ठेक्का वापतको तीन वर्ष देखिको रकम उठाई विद्यालयको खातामा दाखिला गर्नुपर्ने,२ बर्ष देखि शिक्षक कर्मचारीहरुको सञ्चय कोषको रकम तत्काल दाखिला गर्नुपर्ने, बिद्यालय सम्बन्धी महत्त्वपुर्ण निर्माण तथा अन्य निर्णयहरु
कोठे बैठक बाट हुने गरेकोले यस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरू बन्द गर्नुपर्ने, कर्मचारी नियुक्ति जस्तो गम्भीर बिषयमा एकरुपता र पारदर्शीता हुनुपर्ने,विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने,विद्यालयमा छात्राहरु माथी हुने विभेद र दुर्व्यवहार बन्द गर्नुपर्ने लगायतका मागहरु राख्दै बिद्यालय प्रसासनलाई २४ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो।
आफुहरुका मागहरुलाई बिद्यालय प्रसासनले वेवास्था गरिएपछि पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत बिद्यालयमा तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष महेश पातली ले बताउनुभयो।

